अनेसासको चौथो विश्व सम्मेलन जापानअको टोकियोमा प्रारम्भ

‘प्रवासको नेपाली साहित्यलाई अनेसास मार्फत विस्तार गर्न नेपाल सरकार तत्पर ‘  -कुलपति

असनेपालन्युज ,सिड्नी । विश्वका विभिन्न कुना काप्चामा छरिएर रहेका नेपाली साहित्य कारहरूको विश्वसम्मेलन अर्थात अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को चौथो विश्वसम्मेलन जापानको टोकियोमा भब्यताका साथ शुभारम्भ भएको छ । विश्वका १७  भन्दा बढी देशका नेपोली  साहित्यकारहरूको खंदिलो जमघट बनेको सो ऐतिहासिक सम्मेलनलाई नेपाली  प्रज्ञा प्रतिस्थानका कुलपति गंगाप्रसाद उप्रेतिले शुभरम्भ गर्नु भयो । नेपाली भाषा साहित्यलाई अन्तर्रास्ट्रिय क्षेत्रमा आधिकारिक  रुपमा विस्तार गर्ने  नेपाली संस्थाको रुपमा अनेसासले खेलेको भूमिका सर्हानिय भएको बताउनु भयो कुलपति उप्रेतिले ।एनआरएनले विदेशका अन्य नेपाली संस्थाहरूको छाता संगठनको रुपमा काम गरे झैं  नेपाली साहित्यका नाममा खुलेका विभिन्न विदेशका नेपाली साहित्यिक संस्थाहरू अनेसासले छाता संगठनको रुपमा काम गर्नु  पर्ने र विदेशका सबै नेपाली साहित्यका संन्स्थाहरू यस संस्था अन्तर्गत आई नेपाली भाषा विस्तार र बिकासमा सहयोग पुर्‍याउनु पर्ने बताउनु भयो । कार्यक्र्ममा अनेससका सल्लाहकार तथा प्रा डा खगेन्द्र प्रसाद लुंटेल ले स्रस्टाहरूलाई उर्वर मन्च प्रदान गर्दै विस्वकै नेपाली विच आफ्नो ओजस्वि आयतन बढाउन सफत अनेसास नेपाली भाषालाई विस्वब्यापि गराउने एक मात्र गौरवाशाली संस्था बनेको बताउनु भयो ।
IMG_0179  यस्तै अनेसासको संस्थापक अध्यक्ष होमनाथ सुवेदिले अनेसासको २५ वर्षे यात्राामा सहभागि हुने सबै योगदान कर्ताहरूलाई धन्यवाद दिंदै आज विदेश बस्ने हरेक नेपालीले भाषा साहित्य संङ्ग जोडींदा अनेसासको नामा लिनाइ पर्ने अवस्था आएको बताउनु भयो । अनेससका केन्द्रिय अध्यक्ष्य पदम विश्वकर्मा , अग्रज साहित्यकार विन्ध्या सुब्बा , कार्यक्रममा एन आर एन आइ सि सि का उपाध्यक्ष भवन भट्टले एन आर एन र अनेसासको सहकार्यमा मात्र प्रवासमा भाषा प्रवर्द्दन सम्भव हुने बताउनु भयो ।  IMG_0216अनेसास का केन्द्रिय अध्यक्ष पदम विश्वकर्माले सम्मेलन खाली जमघट नहरेर प्रवासि साहित्यको बिकास प्रवर्द्दन र विस्तारको एक महत्वपूर्ण आयाम रहने बताउनु भयो । यस्तै अनेसासको  ७०० भन्दा बढी आजीवन सदस्य , ४२ देशमा ८४ शाखा रहेका छन्न्।  सो संस्था मार्फत विश्वमा  हरेक दिन कुनै न  कुनै साहित्यिक गतिविधि सन्चालन हुने गरेका छन्। सबै खाले साहित्यकार अटाएको यो संस्थानै नेपाल वाहिर रहेको साहित्यिक संस्था मध्ये सबै भन्दा ठुलो संस्थाको  रुपमा रहेको केन्द्रिय उपाध्यक्ष्य राधेश्याम लेकालीले बताउनु भयो । विश्वका सबै नेपाली पुगेको देशमा विस्तारित अनेसास ले जापानको साहित्यमा समेत सहयोग पुर्याएको नेपाली जापानी साहित्यकार ‘हारूहितो नोजु ‘ ले नेपाल र जापान लाई जोड्ने सेतु नेपाली साहित्य रहेको र यसलाई अनेसासमा आफु समेत  आवद्द रहन पाएकोमा खुशी ब्यक्त गर्नुन भयो । सो अवसरमा विभिन्न सर्जकहरूले आ-आफ्ना पुस्तकहरू विमोचन गरेका थिए ।

 

 अनेसास हिरो अवार्ड

12029642_700116580089071_5982220538395878599_oप्रवासमा रहेर नेपाली भाषा साहित्यको प्रवर्द्दन गर्ने विभिन्न देशका ब्यक्तित्वहरूलाई सो चौथो सम्मेलनले ‘अनेसास हिरो ‘अवार्डले  सम्मान  गरेको छ । यसरी अनेसास हिरो अवार्डले बिभुषित हुने हरूमा ,डा रुपक श्रेष्ठ ,मोहन सिटौला , भीमसेन सापकोटा , भवन भट्ट, माइकल हट , डा कविता लामा ,कुमार बस्नेत लाई प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेति तथा अनेसासका केन्द्रिय अध्यक्ष पदम   विश्वकर्मा ले संयुक्त्त रुपमा प्रदान गर्नु भयो । अनेसासले हरेक वर्ष विभिन्न क्षेत्रमा कलम चलाऊने प्रवासि प्रतिभाहरूलाई प्रतिभाको कदर सहित सो अवार्ड प्रदान गरिन्छ । चौथो सम्मेलन मूल आयोजक समिती मध्येको पदक छनौट समितिले सो ‘अनेसास हिरो ‘पुरस्कार छनौट गरेको थियो ।  सो अवार्ड अन्तर्गत प्रमाणपत्र र मेडल रहेको छ ।अनेसासले अनेक पुस्तक प्रकाशन , सिर्जना विस्तार , सर्जक सम्मान, नेपाली साहित्यको अङ्रेजी अनुवाद , प्रतिभा प्रेरणा लगायतका कार्य गर्दै आएको छ । अनेसासको  ७०० भन्दा बढी आजीवन सदस्य , ४२ देशमा ८४ शाखा रहेका छन्न्।  २० हजार भन्दा बढी सादारण सद्स्य रहेका छन्। तीन दिन सम्म चल्ने सो कार्यक्रममा डा खगेन्द्र प्रसाद लुइंटेल आप्रवासि साहित्य र तिलक मल्ल  जापानमा नेपाली साहित्यको अवस्था लगायतका वारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न सर्जक हरूले आ-आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो । जापानको टोकियो स्थित इकेगामिमा सो कार्यक्रम आयोजना गरिएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु