मनोरन्जनात्मक चलचित्र वडा नम्बर ६

अस्नेपाल न्युज सिड्नी -चलचित्र वडा नम्बर ६ हिजो  सेप्टेम्बर १८ तारिख शुक्रबार सिड्नीमा रिलिज भएको छ र यस चलचित्रले सफलता प्राप्त गरेको छ । त्यसतैगरी काठमाडौं लगायत देशभर यो चलचित्रले  निकै सफलता प्राप्त गरेको छ । दर्शकको माग अनुसार १९ सेप्टेम्बर, २१ सेप्टेम्बर र २७ सेप्टेम्बर गरी सिड्नीमा पाँच वटा शो गर्ने तयारी भएको छ । १९ सेप्टेम्बर शनिबार ह्ड्सभिल सिभिक थियटरमा दिउँसो ४ बजे र साँझ ७ बजे दुईवटा शो हुने जानकारीमा आएको छ । २१ सेप्टेम्बर सोमबारको दिन साँझ ६ बजे सिभिक थियटरमै चलचित्र प्रदर्शन गरिनेछ र २७ सेप्टेम्बर आइतबार ६ बजे प्रदर्शन गरिने भएको छ ।बुद्ध ट्राभल्सको प्रस्तुति रहेको प्रदर्शनबाट मुनाफाको रकममध्ये ५ प्रतिशत नेपालका भूकम्प पीडितलाई जाने जानकारी आयोजकले अस्नेपाल न्युज समाचारलाई दिएका छन्।

यो कमेडी चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, सन्दीप क्षेत्री आदि कलाकारले अभिनय गरेका भने उज्वल घिमिरेद्वारा यस चलचित्रलाई निर्देशन गरेका छन्। टिकट शुल्क बरुड इभेन्ट सिनेमामा $२५ रहेको छ भने ह्ड्सभिल सिभिक थिएटरमा $२० रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु