राष्ट्रपति–सभाध्यक्षबीच इगोको भिडन्त

president-yadav-with-speakeभदौ ३०। काठमाडौँ, संविधान जारी गर्ने तिथि राष्ट्रपति डा. रामवरण यादवसँग परामर्शबिना सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ सार्वजनिक गरेपछि  यादव र नेम्वाङबीच ‘इगोको लडाईं छरपष्ट भएको छ ।

मंगलबार राष्ट्रपति यादवलाई संविधान जारी हुने समारोहमा उपस्थितिका  लागि निम्त्याउन शितलनिवास पुगेका सभाध्यक्ष नेम्वाङले  राष्ट्रपतिको अप्रसन्नताको स्पष्ट झलक पाए । जब राष्ट्रपतिले ‘मेरो सुविधाबारे खबर गर्नेछु’ भनी भेटघाटलाई छोट्याए । नेम्वाङले एकदिन अघि नै आइतबार पाँचबजे संविधान जारी हुने अनौपचिारिक घोषणा सञ्चारकर्मीसँग गरिसकेका थिए ।  र यो तिथि तय गर्नमा राष्ट्रपतिसँग परामर्श गरिएको थिएन । अन्तरिम संविधानमा ‘संविधान सभाध्यक्षको प्रमाणिकरणपछि राष्ट्रपतिको उपस्थितिमा जारी हुनेछ’ भनिएको छ ।

राष्ट्रपतिको व्यवहारबाट क्षुब्ध र आक्रोशित नेम्वाङले प्रधानमन्त्री समक्ष गुनासो पोखेका थिए । राष्ट्रपतिलाई सम्झाउने प्रधानमन्त्रीको आश्वासनपछि केही समय प्रतिक्षा गरेका नेम्वाङका लागि फेरि त्यसबो असहज परिस्थिति बन्न पुग्यो जब प्रधानमन्त्री कोइरालासँगको भेटघाटमा पनि राष्ट्रपतिले सभाध्क्ष, प्रधानमन्त्री लगायत सबैले आफूलाई अपमानित र अविश्वास गरेको तिक्तता पोखे । समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु