मानव अधिकार उलङ्घन भएको भन्दै अष्ट्रेलियाली विदेशमन्त्रीलाई पत्राचार

अष्ट्रेलिया, सीमांकनका विषयमा असन्तुष्टि राख्दै तराई लगायतका मुलुकका विभिन्न भागमा भइरहेका आन्दोलनमा मानव अधिकार व्यापक मात्रामा उलंघन भइरहेको भन्दै सरोकारवालाहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।

अष्ट्रेलियामा रहेका  नेपाली आदीवासी जनजाती र तराई केन्द्रित दलका विभिन्न घटक र सामुदायिक संस्थाहरूले उक्त चासो व्यक्त गरेका हुन् । उक्त घटनामा राज्यपक्षले मानव अधिकार उलङ्घन गरेको, मान्छेको बाँच्न पाउने अधिकार कुण्ठित तुल्याएको र आन्दोलनलाई हिंसात्मक बनाउन बल पुर्याएको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले अष्ट्रेलियाली विदेश मन्त्री जुली बिषपलाई उक्त मानव अधिकार उलङ्घनका घटना रोक्न पहल गरिदिनका लागि पत्राचार समेत गरेका छन् ।

पत्राचारको विषयमा नेपालको अधिकारप्राप्तिको आन्दोलमा राज्य पक्षले मानव अधिकारको उलङ्घन गरेको र सो रोक्नका लागि आफूहरूले मन्त्री बिषप समक्ष अनुरोध गरेको  कोचिला संघर्ष परिषद्का कर्ण राजवंशीले असनेपालन्यूजलाई जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु