इसाई धर्म गुरूको भ्रमण स्थगित

Filoniभदौ २८। काठमाडौँ, भ्याटिकनका प्रभावशाली इसाई धर्मगुरू फर्नान्डो फिलोनीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ । सरकारले भ्याटिकन सरकारलाई पत्र लेखेर फिलोनीको नेपाल भ्रमण अहिले ‘उपयुक्त नरहेको’ जानकारी गराएपछि उनको भ्रमण स्थगित भएको हो । हाल बंगलादेशमा रहेका फिलोनी भारत हुँदै मंगलबार काठमाडौँ आउने तयारीमा थिए ।

परराष्ट्र मन्त्रालयले फिलोनीको नेपाल भ्रमण अहिले उपयुक्त नहुने भन्दै तत्काल रोक्न कूटनीतिक पहल गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई शुक्रबार निर्देशन दिएको थियो । नेपाली दूतावासले दिल्लीस्थित भ्याटिकन दूतावासलाई फिलोनीको भ्रमण सम्भव नरहेको जानकारी गराइसकेको उच्च अधिकारीले बताए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु