संविधानसभाको बैठक शुरु भएन

sambidhan-savaभदौ २७। काठमाडौँ,  संविधानसभामा आइत्बार संविधान विधेयकमाथिको मतदान प्रक्रिया शुरु गर्ने तयारी गरिएको छ ।आन्दोलनरत पक्षसंग वार्ताका लागि भन्दै दलहरुबीचको सहमतिमा दुई दिन स्थगित भएको प्रक्रिया आइतबार शुरु हुन लागेको हो । कांग्रेस, एमाले र एकीकृत माओवादीले आफ्ना सभासद्लाई आजको बैठकमा अनिर्वाय उपस्थित हुन निर्देशन दिइसकेका छन् । विहान साढे ११ बजे शुरु हुने भनिएपनि संविधानसभा बैठक भने शुरु भएको छैन ।

बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । लगत्तै संविधान विधेयकमा परेका संशोधन प्रस्तावमाथि मतदानको प्रक्रिया शुरु हुने संविधानसभा सचिवालयले जनाएको छ । संविधान विधेयकमा परेका संशोधन प्रस्तावलाई दर्ता क्रमअनुसार पालैपाले मतदानमा लैजाने कार्यविधि सचिवालयले तय गरेको छ । संविधान विधेयकमा प्रस्तुत संशोधन प्रस्तावबाट शुरु हुने मतदानको प्रक्रिया दुई दिनमा सकिने सचिवालयको अनुमान छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु