सप्तरीमा प्रदर्शन उग्र, तीनवटा सरकारी कार्यालयमा आगो लगाए

aagjani1भदौ २४ ।  सप्तरी,  संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तीन वटा सरकारी कार्यालयमा आगो लगाएका छन् ।

मोर्चाका कार्यकर्ताले बुधबार राती सदरमुकाम राजविराजमा रहेको जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा आगजनी गरेका हुन् ।

आगजनीबाट जिल्ला पशु सेवा कार्यालय र जिल्ला वन कार्यालयमा क्षति पुगेको छ भने शिक्षा कार्यालयमा लगाएको आगो कर्मचारी नियन्त्रणमा लिएका थिए ।

बिहीबार पनि बिहानैदेखि मोर्चाका कार्यकर्ताले राजबिराजमा प्रदर्शन जारी राखेका छन् । उता, प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले भारदह र पोर्ताहमा बुधबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्यु बिहीबार बिहान ६ बजे हटाएको छ ।

कर्फ्यु  हटाएसँगै त्यहाँ पनि प्रदर्शन शुरु भएको छ । सप्तरीको भारदह पोर्ताह चोकमा प्रहरी र प्रदर्शनकारीबीच बुधबार भएको झडपमा एक जनाको मृत्यु भएको थियो ।

अबरुद्ध बाटो खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा पोर्ताह–१ का ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु