सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्नुपर्छः अध्यक्ष बिजुक्छे

narayan-man-bhujekxyaभक्तपुर, नेपाल मजदुर किसानका पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले सहमति हुन नसकेका विषयलाई थाती राखेर भएपनि संविधान जारी गर्नुपर्ने बताएका छन्

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले सबै कुरा एकै पटक निर्णय गर्न खोज्दा संविधान निर्माण सङ्कटमा परेको बताए।

“थालभरिको खाना गाँस गाँस गरेर खाएको भए ढिलै भए पनि सकिन्थ्यो तर सबै एकै गाँसमा सिध्याउन खोज्दा अड्किएजस्तै भएको छ,” बिजुक्छेले भने, “सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्ने र विवादित विषयलाई छलफल र सहमतिबाट संविधानमा समेट्दै जानुपर्नेमा त्यसो हुन सकेन ।”

प्रदेशका विभाजनका विषयलाई लिएर ठूला दलका केही नेताहरू दूतावास धाउने, सीमापारि गई बैठक राख्ने र भारतसँग गुहार माग्ने प्रवृत्तिले संविधान निर्माणमा समेत अवरोध सिर्जना गरेको उहाँको भनाइ थियो । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु