पाँचसयभन्दा बढी गाडी गन्तव्यमा पु¥याइयो

nepal_policeविराटनगर,  संयुक्त मधेसी मोर्चा र थरुहट मोर्चाको बन्दका कारण रोकिइराखेका पाँच सयभन्दा बढी गाडीलाई सोमबार राति सुरक्षाकर्मीले गन्तव्यसम्म पु¥याएका छन् ।

बन्दका कारण सिरहाको बन्दीपुरमा र पूर्वको विराटनगर भन्सार कार्यालय परिसरका साथै बसपार्क र राजमार्ग क्षेत्रमा रहेका साना सवारीसाधनलाई सुरक्षाको घेरामा राखी गन्तव्यमा पु¥याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

सो क्रममा एकसय ८३ यात्रुवाहक बस, एक सय ९३ मालवाहक ट्रक, एकसय २६ कन्टेनर र ४६ वटा साना गाडीलाई विराटनगर, इटहरी, धरान, झापा र पश्चिमको सिरहाको बन्दीपुरसम्म पु¥याइएको हो ।

यसैबीच, विराटनगर–१७ स्थित मलायारोडमा रोकिराखेको एक भारतीय मालवाहक ट्रकमा बन्दकर्ताले सोमबार राति आगजनी गरेका छन् ।

सुरक्षा घेरामा प्रहरीले लग्दै गरेको अवस्थामा पाङ्ग्रा पन्चर भएपछि रोकिएको डब्लुबी–७३–बी–३९८४ नम्बरमा आगजनी गरिएको थियो । जतुवाबाट खटिएको प्रहरी टोलीले आगोलाई नियन्त्रण गरेको थियो । आगोबाट गाडीको त्रिपाल मात्र जलेको प्रहरीले जनाएको छ । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु