संविधानसभा बैठक सर्यो

CA-buildingभदौ  २२ । काठमाडौँ, संविधानसभाको बैठक तीन घन्टाका लागि पर सारिएको छ ।

आज बिहान ११ बजेका लागि तोकिएकामा प्राविधिक कारण दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

संविधानसभामा आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि दफावार छलफल हुने कार्यक्रम रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु