राष्ट्रपतिबाट २२९ जनालाई नेपाल विद्याभूषण पदक प्रदान

Ram-Baran-Yadavभदौ २२ । काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवले ३६औँ राष्ट्रिय दिवस २०७२ को उपलक्ष्यमा आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा २२९ जना छात्रछात्रालाई नेपाल विद्याभूषण प्रदान गरेका छन्।

राष्ट्रपति यादवले १४१ जनालाई ‘क’ श्रेणी, ७४ जनालाई ‘ख’ श्रेणी र १४ जनालाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरे ।

विद्यावारिधीको उपाधि प्राप्त गर्नेलाई ‘क’ श्रेणी, विश्वविद्यालयद्वारा सञ्चालित स्नातकोत्तर तहको विभिन्न सङ्कायको परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्नेलाई ‘ख’ श्रेणी र स्नातक तहमा सर्वोकृष्ट नजिता हासिल गर्नेलाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिन्छ ।

समारोहमा राष्ट्रपति यादवले स्नातकतहतर्फको २०७१ सालको नेपाल छात्रा विद्यापदक ३१ जना र प्रमाणपत्र तहतर्फको नेपाल छात्रा विद्यापदक आठ जना छात्रालाई प्रदान गरे।

यस वर्षको शिक्षा दिवसको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको छ ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, शिक्षामन्त्री चित्रलेखा यादवलगायत नेपाल सरकारका विशिष्ट अधिकृतहरु सहभागी थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु