अमेरिकी हवाई आक्रमण र झडपमा २१ को मृत्यु

बग्दाद, इराकको पश्चिमी प्रान्त अन्बारलयागत अन्य इलाकामा इस्लामिक स्टेट आतङ्ककारीका विरुद्धमा शनिबार भएको अमेरिकासँग आवद्ध हवाई आक्रमणमा परी कम्तीमा पनि २१ को ज्यान गएको समाचार छ ।

शनिबार रातिसम्म सो कारबाही जारी रहेको र सो कारबाहीमा परी ती व्यक्ति मारिएको बताइएको छ । मारिनेमा आइएसका लडाकू परेका प्रान्तीय सुरक्षा स्रोतले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनले इराकको विभिन्न इलाकालाई लक्ष्यगरी गरिएको कम्तीमा पनि १० वटा हवाई आक्रमणमा २१ जनाको मृत्यु भएको जनाइएको छ ।

साथै यस आक्रमणबाट आइएसले कब्जा गरेका विभिन्न स्थान पनि ध्वस्त पारिएको बताइएको छ । यस हवाई आक्रमणमा आइएस आतङ्ककारी समूहको चार वटा सवारी साधन समेत ध्वस्त भएको पनि जनाइएको छ ।

यसैबीच अन्बार प्रान्तमा इराकी सुरक्षा बल र आइएस आतङ्ककारी बीच शनिबार रातभर झडप जारी रहेको बताइएको छ । यसको हताहतको कुनै समाचार भने आएको छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु