अष्ट्रेलियामा ‘वडा नम्बर ६’

अष्ट्रेलिया, हाँस्य रशमा आधारित चलचित्र ‘वडा नम्बर ६’ अष्ट्रेलियामा प्रदर्शनमा आउने भएको छ । अष्ट्रेलियाको हर्स्टभिल स्थित सिभिक थिएटरमा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको अष्ट्रेलियाका लागि फिल्म वितरकको जिम्मा पाएकाले असनेपालन्यूजलाई जानकारी दिएका छन् ।

चलचित्र २७ सेप्टेम्बरमा देखाउन लागिएको हो । चलचित्र प्रदर्शनबाट संकलित रकमको १५ प्रतिशत नेपालको पुनःनिर्माणका लागि खर्चने पनि वितरकले जानकारी दिएका छन् । हाँस्य प्रधान चलचित्र वडा नम्बर ६ नेपालमा भने असोज १ गतेबाट प्रदर्शनमा आउने छ । तितो सत्य, मेरी बास्सै लगायतका हाँस्य टेलिऋङ्खलामा अभिनय गर्ने कलाकारहरूले चलचित्रमा अभिनय गरेका छन् भने नायिका प्रियंका कार्कीको दमदार अभिनय चलचित्रमा देख्न पाइने छ ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु