‘बुबाको शव नजिक रुन छाडेर म नाटक खेलिरहेको थिएँ’

एजेन्सी,फिल्मी दुनियाँमा सन्कि र मनोमानी रुपमा चल्ने एक्टरको रूपमा परिचित नाना पाटेकर आफ्नो नयाँ फिल्म ‘वेलकम ब्याक’लाई लिएर आएका छन् । यस फिल्ममा उनी आफ्नो अहिलेसम्मको छविको. विपरित अन्दाजमा नाँच्ने गाउने भूमिकामा देखिएका छन् । ‘मलाई रिसाह भन्छन् तर म त्यस्तो छैन । म सँग कुरा गर्ने व्यक्ति कस्तो छ भन्ने कुराले निर्भर गर्छ । म झुट र चोरी मन पराउँदिन । राजनीति र सामाजिकस्तरमा जुन सम्वेदनहीनता छ त्यसले  मलाई खिन्न बनाइ दिन्छ । म एक्टर भन्दा राम्रो कुक हुँ ।  मलाई मुम्बई त्यति राम्रो लागेन । मुम्बई भन्दा अलि पर मेरो फार्म हाउस छ । मलाई त्यहिँ बस्न राम्रो लाग्छ । मलाई भोलि संग विश्वास छैन । म संग जे छ, म त्यसलाई बाँड्ने कुरामा मात्र विश्वास गर्छु’ उनी आफ्नो बारेमा यसरी बर्णन गर्छन् ।

उनी अगाडि भन्छन्, ‘खाना राम्रो पकाउँछु ।  यो मेरी आमाको बानी थियो कि दिलले खाना पकाउनु पर्छ र प्रेमले खुवाउनु पर्छ ।’

बाल्यअवस्थामा नाना पाटेकर
मेरो बालपन समुद्रको तटमा बितेको हो । त्यहि भएर समुद्रसँग मेरो घनिष्ट नाता छ । गोवाको समुद्रको किनारमा मेरो घर छ । यदि म साथिहरूसँग समुद्रको किनारमा घुम्न गएँ भने साथिलाई छोडेर म सीपिहरु खोज्न थाल्छु । म लेख्ने काम गोवाको समुद्रको किनारमा हुन्छ । मेरो एउटा डायरी छ, जसमा म कविता लेख्छु । ‘एक मच्छर आदमी को हिजडा बना देता है, सुबह घर से निकलो भीडका हिस्सा बनो, गिरो साले गिरो ..पर ऐसे गिरो कि जो झरने से गिरने के बाद भि अपने अस्तित्व को मिटने नहीँ देता यी सबै डायलग आफैँले लेखेको हुँ ।’

साथीको म धनी छु । मेरासाथिहरु धेरै पुराना छन् । विकास, माधव, शेखर, नानावटी अस्पतालका सुपरिटेडेन्ट अशेक हटोलकर,राजु सांवत, विवेक, सुधाकर, संजय भोसले । प्रहरी पनि साथी छन् । केही राजनीतिकर्मी पनि मेरा साथी छन ।  राजनीतिकर्मी साथीहरू केही नमाग्दा सम्म राम्रा साथि बन्छन् तर जब केही माग्यो भने ‘प्राइज ट्याग’ लगाउछन् । तर म भाग्यमानी छु अहिले सम्म केही माग्नु परेको छैन ।

कलाकार एक्लो हुन्छ
मैले अवाममा राजेश खन्ना साहब संग काम गरेँ । एक समय थियो, केटीहरु उनलाई रगतले चिठ्ठी लेख्थे । धेरै राम्रा मान्छे थिए । मलाई थाह छ, छवी गुम्न सक्छ । यसकारण म सुरु देखि नै मानसिक रुपमा तयार छु । उनीसंग के थिएन ? अन्त्यमा हरेक कलाकार एक्लो हुन्छ । उनी जीवनको अन्त्यतिर कसैसँग भेटघाट गर्दैन थिए । कारण थियो मान्छे उनको स्वर्णीम दिनको साक्षी थियो । उनी आफ्नो पतनको दिन मान्छेलाई कसरी देखाउँथे ? म राजा थिए राजा रहने छु । यहि हाम्रो फिल्म ‘नट सम्राट’को अन्त्य हो । कलाकार कलाकारको भूमिकाको सुख दुख खोज्नमा नै आफ्नो दुख सुखलाई उपेक्षा गर्छ । जुन दिन थाहा पाउँछ त्यो दिन दर्शकले अस्वीकार गरिसकेका हुन्छन् । र घरमा एक्लै बस्नु पर्छ । त्यो समयमा सोच्छ अब म सबैलाई समय दिन्छु तर त्यो समयमा अरुसँग उसकोलागि समय हँुदैन । त्यो समयमा एक्लोपन सहन सकिँदैन ।

बुबाको शव नजिक रुन छाडेर म नाटक खेलिरहेको थिएँ
बुबा मरेको दिन मैले खेलेको नाटक ‘महासागर’मा हाम्रो तीन शो थियो । उस नाटकमा विक्रम गोखले थिए । मोहन भण्डारी थिए ।  दर्शकले नाटकघर भरिएको थियो । मेरा बुबा बितेको खबर सुनेर नाटकको शो रोक्ने कुरा भयो । तर मलाई लाग्यो दर्शकलाई मेरो दुःखमा किन म समाहित गरुँ ? हामीले नाटक सुरू गरयौँ । त्यो नाटकको एउटा सिनमा सोध्नु पर्ने थियो तिम्रो बुबा कहाँ छन् ? मैले जवाफ दिनु पर्ने थियो कतै होलान ! दुई महिना पहिला आएका थिए । तर विक्रम गोखलेले मुखबाट त्यो शब्द निकाल्न सकेनन । किन कि मेरो बुबाको मृत्यु भएको कुरा थाहा थियो । जुन लाश अस्पतालमा थियो अन्तिम संस्कार हुन बाँकि थियो । नाटकमा मैले नै सोधेँ ‘घनश्याम के सोध्न चाहन्छस्, सोध् ? मैले ठूलो हिम्मतका साथ त्यो शो गरेको थिएँ । दुइवटा शो पछि बुबाको अन्तिम संस्कार ग¥यौँ । मेरो बुबाको मृत्यु सामान्य अस्पतालमा भएको थियो । मसँग उहाँको उपचार गर्ने पैसा थिएन । उहाँको औषधि किन्नकोलागि म नाटकमा खेल्थे गर्थें । म मेरा आँसु क्यामेरा अगाडि बँचाएर राख्छु । मेरो रुने कुरा वास्तविक जिवनमा बाँच्छ । तिनै आँसु क्यामेरामा बेच्छु ।

Comments

comments

सम्बन्धित शिर्षकहरु