बर्दियामा एक साता देखि कर्फ्यू

nepalgung1भदौ १६ । बर्दिया, जिल्ला प्रशासन कार्यालय बर्दियाले निषेधित क्षेत्र एक सातादेखि कायमै राखेको छ ।

यसअघि एकसातासम्म घोषणा गरिएकै निषेधित क्षेत्र यही भदौ १५ गतेदेखि फेरि थपिएको छ । अर्को आदेश नआउन्जेलसम्मका लागि निषेधित क्षेत्रको समय थपेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले आज जानकारी दिए। यसअघिको निषेधित क्षेत्र घोषणा भदौ १८ गते बेलुकीदेखि नै लगाइएको थियो ।

बर्दियाको गुलरिया नगरपालिकाको मुख्यमुख्य चोकका सबै क्षेत्रमा विशेषगरी राधाकृष्ण चोकदेखि दायाँबायाँ ५०० मिटर क्षेत्रमा र राजापुर नगरपालिकाको मुख्यमुख्य चोकदेखि ५०० मिटर क्षेत्रमा एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन, सभा सम्मेलन, प्रदर्शन गर्न, जुलुस धर्ना गर्न नपाउनेगरी निषेधित क्षेत्र थपिएको उनले जानकारी दिए ।

तीन सातादेखि जिल्लाभर बन्दको प्रभाव परेको छ । थरुहट, थारुवान सङ्घर्ष समिति र मधेसी मोर्चा सङ्घर्ष समितिका कारण बन्दको प्रभाव परेको हो । थारुहरुले थरुहट राज्यको माग गर्दै बन्द गरेको थरुहट सङ्घर्ष समितिको आन्दोलनका संयोजक गोविन्द चौधरीले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु