पूर्वका नौ जिल्ला बन्द

Caders of Madhesi Morcha forcing to shut down market areas in Rajbiraj, on the first day of  two day general strike on Sunday, August 16, 2015.  Photo: Byas Shankar Upadhyaya

भदौ १४ । भद्रपुर, सङ्घीय लिम्बूवान पार्टीको आह्वानमा आज गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ ।

पूर्वी नेपालको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, फिदिम, भोजपुर लिम्बूवान राज्य हुनुपर्ने आन्दोलनकारीको माग रहेको छ ।

बन्दको कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधान चल्न सकेका छैनन् । बजार फाटफुट खुलेका छन् भने औद्योगिक प्रतिष्ठान, शैक्षिक संस्था बन्द छन् । बन्दको कारण कुनै पनि अप्रिय घटना नभए पनि प्रहरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु