काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ, काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । साँझ ७ः३ मिनेटजाँदा भूकम्पको कडा धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दू बनाएर पाँच म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको ।

यसअघि विहान पनि दोलखा र धादिङ केन्द्रविन्दू गरेका दुईवटा परकम्प महसुस गरिएको थियो । वैशाख १२ को भूकम्पको चार महिना वितिसक्दा पनि परकम्प जाने क्रम रोकिएको छैन । आइतबारको परकम्पका कारण उपत्यकावासी अताल्लिएर बाहिर निस्किएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु