अष्ट्रेलियामा गुञ्जियो तीज भाका

‘झन् जति टाढा उती राष्ट्र माया गाढा’ भनेझैँ प्रवासमा कला र संस्कृति मौलाउने क्रम तिव्र भएको छ । नेपाली समूदायबीच आपसी सद्भाव र हार्दिकता साटासाट गर्न  बेलाबखतमा आउने चाडहरू महत्वपूर्ण बन्न थालेका छन् ।

teej2

यसैक्रममा नजिकिँदो हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियामा तीजको भाका गुञ्जिएको छ ।  नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठानले सिड्नीमा बृहत तीज दर खाने कार्यक्रम आयोजना गर्यो । कार्यक्रम नेपाली समूदाय तथा महिला दिदीबहिनीहरूबीच आपसी प्रेम साटासाट गर्ने महत्वपूर्ण अवसर बनेको संस्थाकी अध्यक्ष सुजाता केसीले असनेपालन्यूजलाई जानकारी दिइन् । पानसमा बत्ति बालेर कार्यक्रमको सुभारम्भर गर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले पनि प्रवासमा तीज लगायतका नेपाली मौलिक चाडपर्वहरूले नयाँ उत्साह र उमंग सञ्चार गर्ने दावी गरे । त्यस्तै उनले प्रवासी नेपालीहरूले आफ्नो कला, रितिरिवाज र परम्परालाई संरक्षण र सम्बद्र्धन गर्नु पर्नेमा व्यापक जोड दिएका थिए ।

कार्यक्रममा नेपाली दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

teej

Comments

comments

सम्बन्धित शिर्षकहरु