सरकारसँग वार्ता गर्न रूकुमेली टोली काठमाडौँमा

rukumरूकुम, दलहरूले सिमांकन गर्ने क्रममा रूकुमलाई दुई खण्डमा विभाजन गरेको बिरोधमा बिगत २२ दिनदेखी आन्दोलनमा उत्रिएको एकीकृत रूकुम संघर्ष समितीको एक टोली सरकारले वार्ताका लागी आवाहान गरेपछि काठमाडौँ गएको छ । सिंगो रूकुमलाई प्रदेश नं ५ मा राख्न माग गर्दै आन्दोलनमा उत्रिएका रूकुमेलीले आन्दोलनको स्वरूप परिबर्तन गरी आन्दोलनलाई थप शसक्त बनाउनका लागी जिल्लाबासीको हस्ताक्षर संकलनपनि गरिरहेको छ । एकीकृत रूकुम संघर्ष समितीका संयोजक टेकबहादुर पुनको नेतृत्वमा शुवोध सेर्पाली, बालिका गिरी, महेश के.सी, सिता ओली, भिमबहादुर खड्का लगाएतको टोली वार्ताको लागी राजधानी हानिएको छ भने जिवन खड्काको नेतृत्वमा रूकुमेली जिल्लाबासीको हस्ताक्षर संकलन गर्ने कार्य भइरहेको छ ।

रूकुमेलीहरूको भावनालाई कुल्चेर अन्यायपुर्ण तरिकाले जिल्ला विभाजन गरिएको भन्दै सदरमुकाम मुसिकोटमा प्रर्दशन तथा रूकुम बन्द समेत भएको थियो । रूकुमको पश्चिम उत्तरी भागलाई प्रदेश ६ मा र अन्य भागलाई प्रदेश ५ मा  गाभेर ठुलो अन्याय भएको भन्दै चर्को नाराबाजी गर्दै प्रर्दशन समेत हरेक दिन गरिरहेका छन् ।

२८७७ बर्ग किलो मिटरमा फैलिएको रूकुममा ४१ गाबिस एउटा नगरपालिका रहेको छ । सिस्ने हिमाल, स्यार्पुताल, कमलताल, पुथा हिमाल जस्ता प्राकृतिक सम्पदाहरू पनि रूकुममै पर्ने भएकाले यिनको रक्षाका लागी पनि रूकुमलाई टुक्रा पार्न नदिइने नागरिक समाज रूकुमका अगुवा डा नवराज गौतमले बताए । रूकुमको पुर्वमा बाग्लुङ र म्याग्दी, उत्तरमा डोल्पा ,पश्चिममा जाजरकोट र दक्षिणमा रोल्पा र सल्यान जिल्ला पर्छन । यसै गरी रूकुमका सभाषद गणेशमान पुन, मिठु मल्ल र दलजित सेर्पालीले रूकुमेली नागरिकको आन्दोलनमा एक्यबद्धता जनाएपछि एकिकृत रूकुम संघर्ष समिती झन उत्साहित भएको छ । वार्ताका लागी सभाषदहरू गणेशमान पुन, दलजित सेर्पाली, मिठु मल्ल तथा नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्का लगाएतको टोली काठमाडौँमा भएकोले आफुहरूलाई सहज हुने संघर्ष समितीका सदस्य शुवोध सेर्पालीले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु