संघीय लिम्बुवान पार्टी फुटको संघारमा

Limbu-partyभदौ ९ । काठमाडौं, अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राखेर आन्दोलन थालेको संघीय लिम्बुवान पार्टी नेपाल फेरि फुटको संघारमा पुगेको छ । एक बर्षअघि बृहत् एकताको घोषणा गरेको लिम्बुवान पार्टी फोरि विभाजन हुने अवस्थामा पुगेको हो ।

धनकुटाको भेडेटारमा २०७१ साल साउन १९ गते तत्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्, लिम्बुवान राज्य परिषद् र लिम्बुवान मुक्ति मोर्चा नेपालबीच एकता भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ मञ्च सम्बन्ध रहेको परिषद्ले १ सिट प्राप्त गरेको थियो ।

अरुण सप्तकोशी पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटालाई ऐतिहासिकता आधारमा लिम्बुवान राज्यको माग गर्दै लिम्बुवान पार्टीले आन्दोलन सुरु गरेको थियो । चार दलीय मोर्चाले उक्त जिल्लासहित भोजपुर, खोटाङ , उदयपुर, सोलुखुम्बु, ओखलढुंगालाई समेटेर १ नम्बर प्रदेशको खाका सार्वजनिक गर्दासमेत आन्तरिक विवादमा फसेको पार्टीले लिम्बुवान राज्यको आन्दोलनलाई सशक्त पार्न सकेको छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु