भदौ ८ । काठमाडौँ, कैलालीको टिकापुरमा सोमबार हत्या गरिएका एसएसपी लक्ष्मण न्यौपानेको दाहसंस्कार भएको छ ।
एसएसपी न्यौपानेलाई सेनाको हेलीकोप्टर मार्फत दिउँसो काठमाडौं ल्याइएको थियो । उनको शवलाई एयरपोर्टबाट गौशाला प्रहरी कार्यालय लगिएको थियो ।
गौशालामा न्यौपानेलाई श्रद्धाञ्जली दिन सयौँ सर्वसाधारण उपस्थित भएका थिए । पुर्व गृहमन्त्री तथा काँग्रसका नेता कृष्ण प्रसाद सिटौला लगायतका नेता पनि उनलाई श्रद्धाञ्जली दिन गौशाला पुगेका थिए ।
त्यस्तै न्योपानेका परिवार तथा सरक्षा निकायका उच्च अधिकारी पनि श्रद्धाञ्जलीका लागि गौशाला पुुगेका थिए । प्रहरीको टोलीले एसएसपी न्यौपानेलाई विशेष सम्मान सहित पशुपति आर्यघाटमा अन्तिम सलामी अर्पण गरेको थियो ।