नेपालमा दुई वर्षभित्र खुला विश्वविद्यालय सुरू हुन्छः डा. राजु अधिकारी

गैर आवसिय नेपाली संघ (एनआरएन) ग्लोवल कमिटी, आइ सि सि मेम्बर ,
चियर पर्सन्, स्किल नलेज एण्ड इनोभेसन

डा राजु अधिकारी , एक सरल ब्यक्तित्व । विज्ञान र  समाजसेवा उनका जीवनका आकर्षक पाटा हुन्। अस्ट्रेलियाका  कुशल  नेपाली वैज्ञानिक  मध्येका एक उनी गैर आवसिय नेपाली संघमा प्रविधि ट्रान्स्फर क्षेत्रमा विशेष जिम्वेवारी राख्नु हुन्छ । खुला विश्वविध्यालय को अवधारणालाई शुरुवात र यसको स्थापनामा पहल गर्ने राजु अधिकारी सँग असनेपालन्युज समाचारका सम्पादक भीमसेन सापकोटाले गर्नु भएको कुराकानीका आधारमा तयार पारीएको यो सामग्री । 

नेपालमा खुला विश्वविद्यालय सम्बन्धि अवधारणा
नेपालको शिक्षाको विकासका लागि खुला विश्वविद्यालय एउटा कोसेढुंगा हो ।  केही समय अघि नेपालमा “अम्व्रेला एक्ट “पनि ल्याइएको थियो । त्यो शिक्षण संस्थाको गुणस्तरीयता सुधार्ने विषयसँग अन्तरसम्बन्धित थियो । तर, त्यो अलि विरोधाभास देखियो । विश्वविद्यालयमा उपकुलपतिहरु राख्ने व्यवस्थाको सट्टा शिक्षामन्त्रीमार्फतै विश्वविद्यालयहरू चलाउने जस्तो देखिएकाले त्यो विधेयक संसद्बाट पारित हुन सकेन ।

त्यसपछि हामीले यदी त्यसो हो भने सरकारी तहबाटै खुला विश्वविद्यालय सम्बन्धि छुट्टै विधेयक ल्याउनु पर्दछ भनेर लविङ सुरू गर्यौँ । एक वर्ष अगाडि शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय सवै मिलेर अर्को छुट्टै विधेयक तयार भएर सदनमा प्रस्तुत भएको अवस्था छ । यो चाँडै नै पारित भएर कार्यान्वयन तहमा जाला भन्ने हामीलाई विश्वास पनि छ ।207b1c0

नेपालमा यसको सम्भाव्यता
यो एउटा ‘मेघा प्रोजेक्ट ‘पनि हो । नेपालमा यसले व्यापकता लिँदैछ । पूर्वाधारहरू तयार भइसकेको छ । दूरशिक्षाको नाममा विगत केही वर्षदेखि खुला शिक्षा सुरू भइसकेको हो । छिमेकी देश भारतको कुरा गर्नुहुन्छ भने उसले खुला शिक्षा मार्फतै निकै प्रगती हासील गरिसकेको छ । क्यानाडाको अवस्था पनि त्यस्तै हो । नेपालमा खुला openuheaderशिक्षा सुरू गर्न भारत सरकारसँग समन्वय पनि गर्न सकिन्छ । खुला विश्वविद्यालय भनेको उच्च शिक्षालाई मात्र टार्गेट गरिएको हो कि भन्ने पनि देखिएको छ । विधेयक पारित भए पछाडी सरकारले एनआरएनलाई त्यसमा कसरी इन्भल्व गराउँछ त्यो एउटा कुरा छ । हामी समन्वय मात्र गर्न सक्छौँ कि प्रत्यक्ष जोडिन नै सक्छौ । जहाँ सम्म आम मानिसहरूको सहभागितालाई जोड्ने कुरा छ, यो खुला ज्ञानको कुरा हो । विद्यालय छाडेका, विभिन्न कारणले विद्यालय बाहिर रहेका, विषयवस्तु, सिकाई प्रक्रिया र मुल्यांकन आदिले पठनपाठनमा अवरोध आएकालाई शिक्षाको मूलधारसँग जोड्ने कुरा नै विश्वविद्यालको मुख्य अवधारण हो  । यो अवधारणा अन्तर्गत व्यवसायीकता, सीप विकास, प्रविधिमा आधारित र उत्पादनलाई प्रमोट गर्ने खालको शिक्षाको विषयवस्तु तयार हुन्छ ।10629803_1567944883438845_4200442111814247947_n

कार्यान्वयन पक्ष
संसद्बाट विधेयक आउना साथ एउटा ठूलो कमिटी बन्छ । सम्भवतः त्यो २१ सदस्यीय हन्छ भन्ने मैले बुझेको छु । त्यो कमिटीमा एनआरएनको सहभागिता के हुन्छ त्यो पछिको कुरा हो । हामीले त्यसलाई राजनीतिकरण गरिनुहुन्न भनेका छौँ । त्यसले आवश्यक नियमावली, योजना र कार्यविधि तय गर्छ । दुई वर्षअघि मन्त्रालयले केही कार्यविधि तय गरेको थियो । हामीले कमेन्ट पनि गरिसकेका थियौँ । तर लागू भएन । अव त त्यसमा केही हेरफेर हुन्छ नै । प्रक्रिया अघि बढी सकेपछि हिजो देखि खुला विश्वविद्यालयमा काम गरेका, विश्वका विभिन्न भागमा श्रम र सीपसँग जोडिएका नेपाली समूदायलाई पनि सहभागिता गराउने कुरा हामीले सोेचेका छौँ ।raju-adhikari

कार्यान्वयनको सुरूवात
सवै कुरा दुरूस्त भयो भने एक दुई वर्ष भित्रमा यसको आउटलाइन सुरू भइसकेको हुन्छ । यो कुरा सवै सरकारी तहबाटै निर्धारण हुने कुरा हो । हाम्रा एकजना मित्र प्रमोद ढकाल जी नेपालमै बसेर खुला विश्वविद्यालयको अवधारणलाई मुर्तता दिन क्रियाशील हुनुहुन्छ । एनआरएन अध्यक्ष शेष घले पनि केही दिन अघि मात्रै नेपाल जानु भएको थियो । नेपाल गएको बखत उहाँले खुला विश्वविद्यालयका केही सरोकारवाला पक्षहरूसँग पनि यसविषयमा कुराकानी गर्नु भएको थियो । सरकारी निकाय पनि यो सुरूवात गर्न तयार छ । केही प्राविधिक कुराहरू मिलाउन बाँकी छ ।

पछिल्लो समय मुलुकका सात विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डाका आधारमा उपकुलपतिहरू सिफारिस भएको कुरा बाहिर आएको छ । त्यसकारण खुला विश्वविद्यालयमा एनआरएनको भूमिका के हुन्छ ? हाम्रो स्टेक हाइ हुन्छ कि हुँदैन ? त्यो यक्ष प्रश्न हो । पछिल्लो समय खुला विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले हामी आशावादी छौँ । नेपालमा अवको दुई वर्ष भित्रमै खुला विश्वविद्यालय सुरूवात हुन्छ ।

Who is Dr.Raju Adhikari !

Dr. Adhikari is currently working as a Principal Research Scientist at Commonwealth of Scientific and Industrial Research Organisation (CSIRO) in Melbourne, Australia. He has over 25 years of research experience in design and synthesis i) bioactive molecules ii)  polymers for medical devices and Tissue Engineering application iii) small molecule, organic metallic complex and polymers for Organic Light Emitting Diodes application. He has published over 50 papers in high impact peer reviewed journals and owns 19 patents. He is in the Editorial Board of Journal of Medical Engineering, The Scientific worldjournal International Advisory Board, Hindawi Publishing Corp. He is recipient of CSIRO medal for Research innovation, CMSE SAP awards and runner up of Eureka Prize for commercialization of technology. He is the co-inventor of two platform technologies that Elaston™ and NovoSorb™.994276_10151736361321660_1900013356_n

He had graduated from University of Delhi in 1986 and did his post doctoral research at CSIRO, Australia and at Universitat of Hohenheim, Germany  under DAAD program. He worked at Nepal Academy of science and technology from 1986-1990 as a Chief of Central Research Laboratory and as was the Vice President of the Nepal Chemical Society. He is currently the Chair of NRN ICC Skill and Knowledge Innovation task Force.

Comments

comments

सम्बन्धित शिर्षकहरु