८५ जना नेता कार्यकर्ता एमाले प्रवेश

uml-new-office-602x330काठमाडौँ, नेकपा एमालेका नेता माधवकुमार नेपालले सात प्रदेशमा चित्त नबुझ्नेले शान्तिपूर्ण प्रक्रियाबाट आफ्ना माग राख्नुपर्ने बताका छन् ।

एमाले सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको १०औँ सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सात प्रदेशकै विषयलाई लिएर बन्द हडताल नगर्नसमेत आग्रह गर्दै भने,“प्रदेशकै विषयमा कुरा नमिली संविधान नबन्ने अवस्था आउनुहुन्न, सहमति र सहकार्यका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने गृहकार्यमा जुटेका छौँ”, उनले भने ।

सो अवसरमा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्ने ८५ जनालाई नेता नेपालले टीका लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् सभासद् अमृतकुमार बोहराले नेपाली जनताको भावना र विसं २०६२÷२०६३ को आन्दोलनको भावनाअनुरुप संविधान जारी गरिनुपर्नेमा जोड दिए । एमाले केन्द्रीय सदस्य एवम् सभासद् शेरबहादुर तामाङले सहमति र सहकार्यका आधारमा जारी हुने संविधानलाई मान्दै थप अधिकारप्राप्तिका लागि शान्तिपूर्ण तरिकाबाट जनताको मन जित्नुपर्ने बताए ।

एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल र सम्पर्क मञ्चका अध्यक्ष खेलनाथ सिग्देललगायतले छिटो संविधान जारी हुनुपर्नेमा जोड दिए । दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा ९०० प्रतिनिधिको सहभागिता छ ।

सम्बन्धित शिर्षकहरु