सिन्धुपाल्चोक माङ्खाका पुस्करले गिनिज वल्र्ड रेकड राखे

काठमाडौँ, सिन्धुपाल्चोकस्थित माङ्खा गाविस–४ का पुस्कर नेपालले आफ्नै खुट्टाले १४४ पटक निधारमा हान्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

puskar-nepal

टिथ्री थकाली ग्रुपले शुत्ररबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विवेक तुलाचनले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका नेपाललाई प्रमाणपत्र हस्तान्तरण गरे ।

नेपालले अमेरिकाको नागरिकको नाममा रहेको रेकर्डलाई ब्रेक गर्दै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन् । अमेरिकाको नागरिक जोन लेन्डिकरले सन् २०१३ मा १२७ पटक खुट्टाले निधारमा हन्दै गिनिज वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।

puskar-nepal-kicks-to-the-head-guinnessworldrecords_tcm25-387545

उन्नाइस वर्षीय नेपालले गिनिज वल्र्ड रेकर्डमा रहेको अर्को विधा ‘नाकले बेलुन फुक्ने’मा आफूले तयारी गरिरहेको बताए । “धैर्यता र अभ्यास भएमा गिनिज बुकमा नाम लेखाउन सकिन्छ” उनी भन्छन् ।

पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक कार्यक्रममा नेपाल कराते फेडेरेसनका अन्तर्राष्ट्रिय रेफ्री रामचन्द्र गुरुङ, महानगरीय प्रहरी विट सिंहदरबारका कार्यालय प्रमुख डिएसपी सन्तोष खड्का र अधिवक्ता नन्दप्रसाद अधिकारीको अभिमतमा उक्त रेकर्ड गत माघ महिनामा आधिकारिक निकायमा प्रक्रिया सुरु गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु