रहेनन् स्वामी प्रपन्नचार्य

swami-prapannacharyaभदौ ४ ।काठमाडौँ,  स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३ः३० बजे मृगस्थली आश्रममा निधन भयो ।

उनी लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिए। तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य उनले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गरेका छन् ।

‘वेदमा के छ ?’ नामक उनको कृति चर्चित छ । किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन् । हालै नेपाल संस्कृत विश्वविद्यालयले उनलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो । साथै सरकारले उनको योगदानको कदर गर्दै उनलाई आजीवन मासिक रु ३० हजार प्रदान गर्ने निर्णय गरेको थियो । उनको जन्म विसं १९८० मा पाँचथरमा भएको थियो । ३० वर्षको उमेरमा उनले लेखपढ गर्न प्रारम्भ गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु