आन्दोलनको स्थानीयद्वारा प्रतिकार

रुपन्देही, संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण तनावग्रस्त बनेको रुपन्देहीको सदरमुकाम भैरहवामा स्थानीय युवाले आज बन्दको प्रतिकार गरेका छन् ।

आन्दोलनकारीलाई तितरवितर बनाउँदै निस्केको प्रतिकार समूहले आन्दोलनकारीका ११ सकारी साधन तोडफोड गरी जलाएका छन् ।समूहले आन्दोलनमा सहभागी मधेसी नेता सन्तोष पाण्डेको टोयटा जिप, दुई वटा ट्याक्टर र आठ मोटरसाइकल जलाएका छन् ।

सुरुमा आन्दोलनमा उत्रिएका बन्दकर्ता शान्तिपूर्ण आनदोलन छाडी तोडफोड र आगजानीमा जुटेपछि भैरहवामा सो समूहले आन्दोलनको प्रतिकार गरेका हुन् । आन्दोलनकारीले भैरहवाको सिटी अस्पतालसहित आधा दर्जन बढी होटल र बसमा तोडफोड गर्नाका साथै मोटरसाइकल जलाएपछि आक्रोशित प्रतिकार समूह सडक आएको स्थानीयवासी युवाले जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु