किन आउँदैछिन् अष्ट्रेलिया पूर्व मिस नेपाल सृष्टि

अष्ट्रेलिया, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अस्ट्रेलिया आउने भएकी छिन् ।  आगामी अगस्ट २९ मा हुने एक फेसन शोमा सहभागी हुन अष्ट्रेलिया आउन लागेकी हुन् ।  सिड्नीमा हुन लागेको ‘फेसनमान्डू’  शोमा उनी सहभागी हुने छिन् ।  उनी सन् २०१२ की मिस नेपाल हुन् ।

मोडलको रुपमा विभिन्न म्युजिक भिडियोमा काम गरिरहेकी उनी अर्को साता अष्ट्रेलिया आइपुग्ने छिन् ।

फेसनमान्डका लागि डिजाइनर विश्व गौतम, अमृत बराल, टिटो लभास र क्याट्री मरी लगायतले परम्परागत कलेक्सन तयार गरेका छन्। यनिसा सुब्बा, मरिना श्यामली, रोजी श्रेष्ठ, सारा गौतम, जिना लिम, क्याला केम्बर र जुलिया स्मित लगायत दुई दर्जन मोडलहरु र्याम्पमा देखिनेछन्।

कार्यक्रम संयोजक अर्चना थापाका अनुसार फेसनमान्डुमा नेपाली मूलका ६ र विदेशी मूलका १४ मोडल र्यागम्पमा उत्रनेछन्। मिस अस्ट्रेलिया बेस्ट मोडल २०१४ लुइस् ब्रोइङ र मिस टिन ग्लोबल युनाइटेड सोनी टर्नर पनि कार्यक्रमका आकर्षण रहनेछन्।

‘जीवन उत्थान अस्ट्रेलियाको सहयोगार्थ च्यारिटी कार्यक्रम गर्न लागेका हौं। कार्यक्रममा नेपाल र अन्तर्राष्ट्रियस्तरका डिजाइनरहरुको कलेक्सनलाई नेपाल र अस्ट्रेलियाका मोडलहरुले पहिरिनेछन्। डिजाइनरहरुले पराम्परागत पश्चिमेली पहिरनलाई फ्युजन गराएका छन्,  ‘केगरिरा डटकमका निर्देशक नेवा किरणले भने, ‘शोबाट उठेको रकम भूकम्पपीडित र अनाथ बालबालिकालाई आश्रय दिइरहेको जीवन उत्थान अस्ट्रेलियालाई दिइनेछ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु