सरकारले सद्भाव भड्काउँदैछः अशोक राई

काठमाठौँ, ३ भदौ । समाजवादी फोरम नेपालका उपाध्यक्ष अशोक राईले सरकाले सुनियोजित हिसावले सामाजिक सद्भाव भड्काउन लागि परेको दावी गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दे राईले चालु आन्दोलनलाई गलतबाटोमा बहकाउन फेरि पहाडी मधेशीकोबीचमा झगडा पार्ने सुनियोजित प्रयास भईरहेको बताएका हुन् ।

ashok-raijpgउनले गलत कुराबाट आफू सतर्क रहन पनि सबैलाई अनुरोध गरेका छन् ।

उनले स्ट्याटसमा भनेका छन्, ‘यो आन्दोलन पहाडी, मधेशी, मुसलमान, शिल्पी समुदाय, महिला लगायत सबै उत्पीडितहरूको हितमा सञ्चालित छ । सबै मिलेर यसलाई सफल बनाउनु छ । हामिले सम्बिधान लाई राम्रो र उत्पीडित जाति, समुदाय, लिङ्ग र क्षेत्रको समान अधिकार, समान अवसर तथा न्यायमा समान पहुच हुने बनाउन र प्रमुख भनिएका दलहरूको प्रतिगामि कदम रोक्नकालागि यो शान्तिपूर्ण जनआन्दोलन सञ्चालन भएको हो । यसको स्पष्ट उद्देश्य बिरुध्द कसैले काम गर्ने व्यक्ति सत्ताको घुसपैठिया हुन सक्ने तर्फ सबैले सचेत हुनु पर्दछ । आम सञ्चार माध्यमहरुले समेत अहिले सत्ताको भत्ता पचाउन गलत समाचार सम्प्रेषण गरि रहेका छन् यसलाई पनि चिन्न र चिर्न जरुरिछ । नेपालीहरुको आपसि सद्भावलाई बचाउँ, गलत र षडयन्त्रमुलक गतिबिधिलाई परास्त गरौं ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु