एनआरएन अध्यक्ष शेष घलेको यस्तो घोषणा

दोहा/कतार, गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले सरकारसँग म्याचिङ फण्डको आश नगरी एनआरएनलले नै १० करोडको कोष स्थापना गर्ने बताए । स्कूल जाने उमेरका नेपाली युवायुवती श्रम बेच्न त्रिभुवन विमानस्थलमा लाइन लागेको देख्दा आफ्नो मुटु पोल्ने गरेको बताए ।  त्यही दृष्यका कारण आफु कैयौं रात निदाउन नसकेको भन्दै कोष स्थापना गर्न लागेको स्पष्ट पारे ।

गैरआवासीय नेपाली संघ कतारको छैटौं अधिवेशनमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष घलेले  मलेसिया तथा खाडी मुलुकमा अलपत्र परेका कामदारलाई लक्षित गरी स्थापना गरिएको कल्याणकारी कोषले छिटै काम थाल्ने पनि बताए  । कोषको संचालन विधि र थप रकम जुटाउने काममा धेरै समय लागेको बताएका थिए ।

कोष संचालनको तयारी गरिरहँदा मुलुक महाभूकम्पको पीडामा परेकाले प्राथमिकता फेरिन पुगेको उल्लेख गरे । ‘स्कूलमा पढाई गर्नुपर्ने उमेरका नेपाली युवाहरु हातमा पासपोर्ट र झोला बोकेर आफ्ना श्रम बेच्न परदेशी भूमीमा जाने ब्यग्रताका साथ हजारौंको संख्यामा लाइन बसिरहेको त्यो दृष्यले मलाई जहिल्यै पिरोलिरह्यो । हामीले आखिर किन सीप बिनै यस्ता कलिला युवाहरुलाई निर्यात गरिरहेका छौं ? सीप सिकेर विश्वबजारमा हाम्रो जनशक्तिलाई प्रतिस्पर्धी बनाउनेतिर हाम्रो किन जोड हुन सकेन ? त्यही कारण बर्षमा करिव एक हजार पाँच सयको संख्यामा बिदेशी भूमीमा नेपाली युवाहरुले ज्यान गुमाउन परिरहेको छ, हजारौं अन्य घाइते भइरहेका छन्’  उनको भनार्ई थियो ।

खाडी मुलुकका श्रमिकका लागि एनआरएनले के गर्यो भनेर धेरैले नेतृत्वलाई प्रश्न गर्ने गरेको उल्लेख गर्दै घलेले भने– मसँग जवाफका लागि यो दुई बर्षमा गरेका दर्जनौं कामको फेहरिस्त छ, तर म यहाँहरुलाई संक्षेपमा भन्न चाहान्छु कि मलाई जुन दृष्यले रातभर निदाउन दिएन, मलाई जुन दृष्यले बर्षौंसम्म पोलिरह्यो, त्यही दुखाई कमगर्न मेरो समय र सीप खर्च गरिरहेको छु, केही चिजमा नतिजा आउँदैछ, र केही प्रकृयामा छन् ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु