मस्यौदा समितिको म्याद चार दिन थपियो

काठsambidhan-savaमाडौँ, संविधानको विधेयक तयार पार्ने जिम्मा पाएको संविधान मस्यौदा समितिको म्याद चार दिन थपिएको छ।

मंगलबार डाकिएको संविधानसभाको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले शीर्ष नेता रहेको विशेष समितिले केही विषयमा सहमति कायम गर्न बाँकि रहेको भन्दै विधेयक तयारीका लागि थप समयको माग गरेका थिए।

समितिको कार्य प्रगति विवरण सभामा पेश गर्दै सिटौलाले संविधानसभाले संविधानको विधेयक तयार पार्न बढीमा पाँच दिनको समय दिएको भए पनि मस्यौदा समितिको बैठकमा सभाको निर्देशन बमोजिम कार्यदलले व्यापक छलफल गरिरहेको बताए।

विधेयकलाई परिमार्जन गरी पूर्णता दिन केही समय लाग्ने बताउँदै संवाद समिति सभापतिको अध्यक्षतामा शीर्ष नेता सम्मिलित विशेष समितिले थ्रेसहोल्ड लागायत केही विषय टुंगो लगाउन बाँकि रहेको बताए।

विशेष समितिबाट सबै विषय टुंगोमा पुगी प्रतिवेदन आउन नसकेको अवस्थामा विधेयक तयार पार्न नसक्ने अवस्था भएकोले समग्र विषयलाई ध्यानमा राखी मस्यौदा समितिले थप केही समय माग गर्ने निर्णय गरी आजको मितिबाट बढीमा चार दिनको समय माग गरे।

त्यसपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिलाई उपलब्ध गराएको समयका बाबजूद सभापतिको माग अनुसार आजबाट लागू हुने गरी बढीमा चारदिन समय थप गर्न समय दिएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु