बन्दले जनजीवन कष्टकर

banda7साउन ३२ । काठमाडौँ, ६  प्रदेशको सीमांकनप्रति असन्तुष्ट वैद्य माओवादीसहित जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका दोस्रो दिन आज पनि देशभरको जनजीवन कष्टप्रद भएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन्। बजार पसल खुलेका छैनन्।

मुख्य चोकहरुबाहेकका भित्री सडकमा रहेका पसलहरु खुलेका छन्।

यसैबीच बन्दकर्ताहरूले कालीमाटीमा एउटा भारतीय नम्बर प्लेटको गाडी जलाएको प्रहरीले जनाएको छ ।  उनीहरूले बीआर ०६ पी ३९८० नम्बरको भ्यानलाई जलाएका हुन्। यस्तै बल्खुमा एउटा यात्रुबाहक बसमा तोडफोड गरेका छन्। त्यस्तै रत्नपार्कमा बन्दबिरूद्ध प्रदर्शन भइरहेको छ

Comments

comments

सम्बन्धित शिर्षकहरु