अष्ट्रेलियामा रहेका नेपाली बालकको यस्तो प्रशंसनीय काम

अष्ट्रेलिया, गएको वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण हजारौँले ज्यान गुमाए । हजारौँको संख्यामा घाइते भए । खर्वौं रूपैयाँ बराबरको भौतिक क्षति व्यहोर्यो मुलुकले । अहिले ति भत्किएका संरचना निर्माणका लागि देश विदेशबाट सहयोग रकम आउने क्रम जारी छ । यस्तैमा अष्ट्रेलियामा रहेका नेपाली बालकको प्रशंसनीय काम गरेका छन् अष्ट्रेलियामा रहेका १० वर्षे बालक हिमाल आरडीले उनका साथीहरु जेनी र फोर्डको सहयोगमा भुकम्पपीडितका रकम पठाएका हुन् । उनले पठाएको रकमले सिन्धुपाल्चोकका १२ बराइली परिवारमा खुसीको बहार ल्याएको छ ।

अष्ट्रेलिया बस्दै आएकी सम्झना रसाईलीका छोरा हिमालले आफु पढ्ने विद्यालयमा आफ्नो देशमा आएको महाविनाशकारी भुकम्पमा परी घरवारविहिन भएका तथा आफन्त गुमाएका परिवारलाई भन्दै उनले रकम संकलन गरेका थिए ।

नवरत्न ज्वेलर्सकी सोचन्द्र रसाइलीले विदेशबाट उनको दिदीका छोरा हिमालले पठाएको रकम १३ परियार परिवारलाई आफैंले नाम संकलन गरी हस्तान्तरण गरेकी हुन् । सिन्धुपाल्चोकको घर भत्किएपछि घरविहिन भएका १३ परिवारमध्ये १२ परिवारलाई प्रति परिवार ८ हजार ५ सय र १० जनाको परिवार रहेको एक परिवारलाई १० हजार प्रदान गरिएको हो ।

घरविहिन भएपछि राजधानीको बसुन्धारामा बस्दै आएका उनीहरुलाई बसुन्धारामा रहेको जेष्ट स्कूलमा एक कार्यक्रम गरि नवरत्न ज्वेलर्सकी सोचन्द्र रसाइली एवं भ्रष्टाचारविरुद्धको अभियान संचालन गर्दै आएको नागरिक समुहका संयोजक निगम हुमागाईंबाट संयूक्त रुपमा उक्त रकम हस्तान्तरण गरियो ।

‘यो भावनाको कुरा हो, एउटा बालकले पठाएको रकम वास्तविक पीडितले पाउन् भनेर पवित्र क्षेत्र स्कूलको प्रांगणबाट यो रकम दिन पाउँदा अति खुशी छु, रसाईलीले भनिन, –‘वास्तविक पीडितहरुले पाउन् भनेर आफैंले लिष्ट तयार गरेर वितरण गरेकी हुँ ।’ कार्यक्रममा जेष्ट स्कूलका प्रबन्ध निर्देशक उपेन्द्र हुमागाईंले पीडितलाई राहत दिन आफ्नो स्कुल नै छनौट गरेकोमा रकम उपलब्ध गराउने सबैलाई धन्यवाद ज्ञापन गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु