नारायणहिटी दरवार भाडामा

साउन ३० । काठमाडौँ, तत्कालीन राजा वीरेन्द्रको सपरिवार बस्ने गरेको नारायणहिटी दरवार अब भाडामा लगाइने भएको छ । दरवारको केही भाग संग्रहालय बनाइएको छ भने। वीरेन्द्र सपरिवार बस्ने भाग भाडामा लगाउन लागिएको हो ।

नेपाल ट्रस्टको कार्यालयले नारायणहिटी सहित वीरेन्द्रका राजधानीलगायत देशभरका ६ स्थानमा भएको जग्गा भाडामा दिने निर्णय गरेको हो ।

ट्रस्टको साउन १० गते बसेको बैठकले भाडामा दिने निर्णय गरेको बताइएको छ ।

दरबारमार्गस्थित ट्रस्टको कार्यलय रहेको भवन, ठमेल, कमलादी, ताहाचल, चितवन र हेटौंडामा रहेको दरबार लिजमा दिन लागिएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु