वीपी को ‘आज फेरि आउदिनौ तिमी’ सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गायक वीपी वाग्लेको नयाँ गीत ‘आज फेरि आउदिनौ तिमी’ हालै सार्वजनिक भएको छ ।

यो गीतमा वाग्लेकै संगीत छ भने यश राजले शब्द लेखेका छन् । ‘तलास’ एल्बममा समावेश यो गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा मोडल मरिष्का र विकास लामिछानेले अभिनय गरेका छन् । बलिउड चलचित्र ‘यारा’मा समेत काम गरिसकेकी मरिष्काले आकाश अधिकारीको आगामी चलचित्र ‘के म तिम्रो होइन र’मा काम गर्दैछिन् ।

भिडियोमा छायांकन, सम्पादन र निर्देशन नितिन चन्दको छ । यस अगाडि आफूले बजारमा ल्याएका गीत जस्तै यो गीत र भिडियो पनि चर्चामा आउने वीपीको विश्वास छ । भिडियो निर्माणमा उनलाई गणेश तिमिल्सिनाले सहयोग गरेका छन् ।

बिपीको डेब्यु एल्बम ‘मधुर वचन’ले नेपाली सांगीतिक आकाशमा निकै चर्चा बटुल्न सफल भएको थियो।स्रोत: हिमालयन कङ्गारू

 

115 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु