नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

Nepal-U16काठमाडौँ, बङ्गलादेशमा जारी १६ वर्षमुनि यु–१६ उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बङ्गलादेशको सिल्हेटमा भर्खरै सम्पन्न आफ्नो समूहको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १–० ले हराएपछि सेमिफाइनल यात्रा सहज भएको हो । नेपाललाई जित दिलाउन क्षितिज राजले खेलको ४७ औं मिनेटमा एक मात्र गोल गरेका थिए ।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली किशोर टोलीले माल्दिभ्सलाई ५–० ले हराएको थियो । अब नेपालले आइतबार हुने सेमिफाइनलमा भारतको सामना गर्नेछ भने बङ्गलादेश र अफगानिस्तानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु