पहिरोमा परी ६० भन्दा बढी बेपत्ता

सिआन, उत्तरपश्चिमी चीनको सान्सी प्रान्तमा रहेको एक कोइला खानी नजिकै रहेको बस्तीमा पहिरोमा परी मृत्यु हुनेको संख्यामा वृद्धि भएको जनाइएको छ ।

सो पहिरोमा परी बुधबार साँझसम्म कम्तीमा पनि ६० जना व्यक्ति हराइरहेको समाचारमा जनाइएको छ ।

यसअघि सो पहिरोमा ४० जना व्यक्ति हराइरहेको स्थानीय प्रसासनले जनाएको थियो । सो पहिरोमा परी हराएकामध्ये चार जनाको भने उद्वार गरिएको छ ।

चीनको स्थानीय समयाअनुसार बुधबार बिहान १२ः३० मा गएको सो पहिरोमा परी हराएका चिनियाँ नागरिकको उद्वारकार्यमा प्रहरी, दैवी प्रकोप उद्वारमा खटिने उद्वारकर्मी र अन्य उद्वारकर्ताको सहभागिता रहेकोे बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु