पार्टी कार्यालयमा भएको क्षतिप्रति भत्र्सना

ncकाठमाडौँ, नेपाली काँग्रेसले जिल्ला कार्यसमिति सुर्खेत र जुम्लाको कार्यालय भवन तथा सहमहामन्त्री एवम् सभासद् पूर्णबहादुर खड्का र सभासद् हृदयराम थानीको सुर्खेतस्थित निवासमा गरिएको आगजनी एवम् तोडफोडको घटनाप्रति भत्र्सना गरेको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी नेपाली जनताको चाहनानुसार संविधानसभाबाट संविधान निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेका बेलामा हिंसात्मक एवम् उच्छृङ्खल क्रियाकलाप हुनु दुःखद् भएको जनाउँदै यस परिस्थितिमा सम्पूर्ण जनतालाई संयम रहन र यस प्रकारका आन्दोलनमा संलग्न नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु