राजनीतिज्ञ एवम् साहित्यकार राजेश्वर देवकोटाको निधन

rahesjharसाउन २५ । काठमाडौँ, काठमाडौंको बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा देवकोटाको निधन भएको छ । उनी फोक्सो सम्बन्धी रोग लगायतबाट पीडित थिए । देवकोटाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजे प्रज्ञा भवन कमलादीमा राखिने भएको छ ।

तत्कालिन समयमा राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका देवकोटा शुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता भएपनि पार्टी विभाजनपश्चात् राप्रपा नेपालमा आवद्ध थिए ।

कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्वको रुपमा उनी परिचित छन । नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार देवकोटाका औपन्यासिक कृतिहरूका बारेमा नेपाली समालोचकहरूद्वारा अनेकौ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य भएका छन् ।

देवकोटाले कविता, निबन्ध, आधादर्जन विचार प्रधान उपन्यास र राजनीतिक लेख लेखेका छन । उनी राजनीतिक पूर्वाग्रहका कारण राम्रा उपन्यास लेखेर पनि ओझेलमा परेका स्रष्टा हुन। विचार प्रधान उपन्यास लेख्ने र बिम्ब र प्रतीकका माध्यमबाट समाजको चित्रण गर्दै दार्शनिकता पनि अनुस्यूत गर्ने देवकोटाका उपन्यासमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । पूर्वीय सांख्य दर्शनका कोणबाट उनका उपन्यासको विश्लेषण भएको छैन ।

पछिल्लो समय देवकोटा राजनीतिबाट निष्क्रिय थिए । गोरखाको आपपिपलमा जन्मिएका देवकोटाका एक छोरा र एक छोरी छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु