क्षेत्रीलाई कामु प्रधानसेनापति तोकियो

rajendraकाठमाडौँ, राष्ट्रपति डा रामवरण यादवले नेपाली सेनाका बलाधिकृत नं ११३० रथी राजेन्द्र क्षेत्रीलाई यही साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति कार्य सञ्चालनका लागि तोकेका छन् ।

राष्ट्रपति डा यादवले सैनिक ऐन, २०६३ को दफा (८), ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानसेनापति गौरवशमशेर राणा एक महिनापछि अनिवार्य अवकास हुने भएकाले उनी घरबिदामा बसनेछन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु