विश्व ११ ले नेपाललाई १३६ रनको लक्ष्य दियो (लाइभ खेल यहाँ हेर्नुहोस्)

 साउन २४। काठमाडौँ, भूकम्प प्रभावित नेपाललाई सहयोग जुटाउन आयोजित च्यारिटी म्याचमा विश्व ११ ले नेपाल सामू १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ब्याट फर नेपाल भनिएको खेल मलेसियाको किनरारा ओभलमा २० ओभरमा खेलाइएको हो । टस जितेर पहिले ब्याटिङ गरेको विश्व ११ १३५ रन बनाएर आउट भयो ।

उसका लागि मार्कुस स्टानिसले ४८ रन बनाए । विश्व ११ को कप्तान श्रीलंकाली लेजेन्ड सनथ जयसूर्या मात्र ६ रनमा आउट भए । वेनुगोपाल रावले २३ रन बनाए भने अहमैद फैजले २३ रन जोडे ।

नेपालका अविनाश कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामी र शरद भेसवाकरले २/२ विकेट लिए । शक्ति गौचन र मेहबुब आलमले १/१ विकेट लिए ।

नेपालको कप्तानी पारस खड्काले गर्नेछन् । नेपाली टोलीमा यू-१९ कप्तान राजु रिजाल विकेट किपरको भूमिकामा हुनेछन् ।

सदर भेसवाकर, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन,मेहबुब आलम, नरेश बुढायर, भुवन कार्की, करन केसी र सिद्धान्त लोहनी नेपाली टोलीमा छन् ।


Broadcast live streaming video on Ustream

Comments

comments

सम्बन्धित शिर्षकहरु