विश्व–११ नेपालविरुद्ध ब्याटिङमा (लाइभ भिडियो)

साउन  २४। काठमाडौँ, नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेसियाको किनरारा ओभलमा अहिले नेपालविरुद्ध विश्व–११ टोलीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

‘ब्याट फर नेपाल’ नाम दिइएको उक्त अभियानमा खेल्ने विभिन्न देशका खेलाडी सम्मिलित विश्व–११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व कप्तान सनथ जयसूर्याले गरिरहेका छन् । नेपाली टोलीको नेत्तृत्व नियमित कप्तान पारस खड्काले गर्दैछन् ।

अन्य नेपाली खेलाडीमा शरद भेषवाकर, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन, मेहबुब आलम, नरेश बुढाएर, भुवन कार्की, करण केसी, सिद्धान्त लोहनी र राजु रिजाल विकेट किपरको भूमिकामा हुनेछन् ।

विश्व–११ मा पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, बङ्गलादेशका पहिलो टेष्ट कप्तान अमिनुल इस्लाम, अब्दुल रज्जाक, शोहाग गाजी, अष्ट्रेलियाका स्टिभ ओकिफे, मार्कुस स्टाइनिस, मलेसियाका सुरेश नवरत्नम, अहमद फैज, भारतका वेणुगोपाल राव र सिङ्गापुरका चेतन सूर्यवंशी छन् ।


Broadcast live streaming video on Ustream

Comments

comments

सम्बन्धित शिर्षकहरु