करिना दुई वर्ष पछि आमा बन्ने

एजेन्सी, सैफ अलि खानसँग बिबाह गरेकी करिना कपुरले अव दुई वर्षपछि आमा बन्ने बताएकी छिन् । एउटा अन्तर्वाताको क्रममा करिनाले भनेकी छिन् ‘मलाई आमा बन्न अझै २ देखि ३ वर्ष लाग्छ ।’ संवाददाताले अर्को पनि प्रश्न गरे ३५ वर्ष आसपासमै आमा बन्दा महिलाको स्वास्थ्य राम्रो हुन्छ होईन र ?’

करिनाले दाबी गर्दै भनिन् ‘मैले अहिलेसम्म जे चाहेँ सबै पाएकी छु । त्यसकारण चिन्ता छैन । अभिनयमा स्थापित भएपछि घर बसाल्ने योजना छ ।’ अहिले घर बसालेकी करिनाको अब दुईटा इच्छा बाँकी छ आमा बन्ने र त्यसपछि पनि अभिनयमा लगातार सक्रिय हुने ।

सेफले आफ्नो निकै ख्याल गरेको दाबी गर्ने करिना परिवारप्रति जिम्मेवार भएको धारणा राख्छिन् । अहिले उनलाई आफ्नो करिअर नयाँ चरणमा प्रवेश गरे झैं लागेको छ । किनकी अहिले उनले पर्फमेन्समा आधारित चलचित्रमा काम पाईरहेकी छिन् ।

चमेली र जब वी मेटपछि पर्फमेन्समा आधारित ‘उडता पञ्जाब’ मा काम गर्न पाएको उनको भनाई थियो । आगामी दिनमा नयाँ र ट्यालेन्ट निर्देशकसंग मात्रै काम गर्ने उनको योजना छ ।
अहिले प्रदर्शन भईरहेको चलचित्र ‘बजरंगी भाईजान’ को सफलताले उत्साहित करिनाको भुमिका निकै छोटो भएको भन्दै आलोचना गर्नेहरु पनि भेटिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु