रोनाल्डोले किन बदले भेष ?

पोर्चुगली स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अनौठो चर्तिकला देखाए । उनले गालामा दारी–जुँगा टाँसे । टाउकोमा विग लगाए । कालो चश्मा भिरे । झण्डै उनी जोगीको भेगा बनाएर सडकमा उत्रिए ।

भेष बदलेर म्याड्रिडको सडकमा निस्केर रोनाल्डोले धेरै मानिसहरुले चिन्ने कुरै भएन ।

म्याड्रिडको सडकमा उनी एउटा फुटबल र एउटा कुकुर लिएर निस्केका थिए । उनले कुकुरलाई त्यहाँ रहेको मेचमा बाँधेर निकैबैर फुटबल नचाएर बसे ।

फुटबलका अनेक कौशल देखाउँदा पनि खासै मानिसहरु आकषिर्त भएनन् । एउटी युवतीसित उनले हाइ भन्दै फोन नम्बर मागे । तर युवतीले वास्ता गरिनन् । किन दिन्थिन् ?

अन्तमा बल्ल एउटा बालकलाई साथी बनाउन उनी सफल भए । बालकसित केहिबेर फुटबलमा रमाएपछि उनले आफ्नो दारी, जूंगा र कपाल उतारेर वास्तविक अनुहार देखाइदिए । आफूले ल्याएको फुटबल रोनाल्डोले बालकलाई नै उपहार दिए । बालक रोनाल्डोलाई हेरेको हेर्‍यै भए ।

रोनाल्डोलाई देखेपछि एकाएक भिड जम्मा भइहाल्यो । मानिसहरु उनको अटोग्राफ लिन र फोटो खिच्न थाले । त्यसपछि रोनाल्डो धेरै बेर सडकमा टिक्न सकेनन् । आफ्नो कुकुर र झोला लिएर गए ।

विद्युतीय सामग्रीहरु उत्पादन र विक्री गर्ने मोन्सटर कम्पनीको प्रवर्द्धनात्मक अभियानका क्रममा रोनाल्डोले सडकमा नाटक गरेका हुन् । उक्त कम्पनीले हालै आरओसी लिभ लाइफ लाउड नामक नयाँ ब्राण्ड लन्च गरेको छ, जसले विभिन्न किसिमका हेडफोन बजारमा ल्याएको छ । एजेन्सीको सहयोगमा

Comments

comments

सम्बन्धित शिर्षकहरु