कतै क्षेत्र कतै धर्मका नाममा बन्द

banda-519x330साउन २२ । काठमाडौँ, सङ्घीय प्रदेशमा कैलालीलाई टुक्र्याएर अन्य प्रदेशमा गाभ्न लागिएको भन्दै त्यसको विरोधमा आजबाट अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ ।

अखण्ड सुदूरपश्चिम पक्षधरको आह्वानमा भएको बन्दको कारण यातायात, उद्योग–व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

अखण्ड सुदूरपश्चिम पक्षधरले बन्दको आह्वान गरेपछि कैलाली जिल्लास्थित नेपाली काँग्रेस, नेकपा ९एमाले०, एमाओवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलले बिहीबार संयुक्त रुपमा विज्ञप्ति प्रकाशत गरी सङ्घीयतामा अखण्ड सुदूरपश्चिम एक प्रदेश हुनुपर्ने माग गर्दै बन्दलाई ऐक्यबद्धता जाहेर गरेका छन् ।

हिन्दू राज्यको माग गर्दै इनरुवा बन्द
संविधानमा हिन्दू राज्यको माग गर्दै शुक्रबार सुनसरी सदरमुकाम इनरुवा बन्द गरेको छ ।
बन्दका कारण इनरुवा बजार पूर्ण रुपले बन्द भएको छ भने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत चल्न सकेको छैनन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु