न्यूजिल्याण्ड आगलागी पीडितको सहयोगका लागि ‘एभरेष्ट मेयरोल सपोर्ट फण्ड’

अष्ट्रेलिया, न्युजिल्याण्डमा आगलागि घटनाका नेपाली पीडित परिवारका लागि नेपाली समुदायको अलावा  न्युजिल्यान्ड सरकारले समेटा  सहयोगको पहल गरेको छ ।1438752436489 (3) स्थानिय मेयरक्रेग रोले ले  ‘एभरेष्ट मेयरले  सपोर्ट फण्ड’ नामक कार्यक्रम  अगाडि बढाउंदै सहयोगका लागि सबैमा अपिल गरेका छन्। आगलागीका कारण तीन नेपालीको मृत्यु भएपछि न्यूजिल्याण्डवासी नेपाली समूदायमा यतिवेला मर्माहत बन्न पुगेका छन् । आगलागीमा न्यूजिल्याण्डमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने ४९ वर्षीय तेजनारायण काफ्ले उनकी श्रीमती टिका काफ्ले र ९ वर्षीय छोरा प्रेम काफ्ल परेका थिए । त्यस्तै आगलागीबाट उनका तीन छोरीहरू बाँच्न सफल भएका छन् ।

Tej-Narayan-Kafle-Family-1-650x406

घटनामा परी २३ वर्षीय छोरी तुलसा काफ्ले, १२ वर्षीय ममता काफ्ले र १६ वर्षीय मनिषा काफ्ले घाइते बनेका छन् । घटनाबाट पीडामा परेका नेपाली समूदाय उनीहरूको दुःखमा साथ दिन मरिमेटेर लागेको छ । घटनाको सम्बन्धमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेकाले थप खुलाइएको छैन । यद्यपी मृतकहरूको शव पोष्टमार्टम गरी परिवारलाई बुझाईको छ ।1438752436489 (2)

अस्ट्रेलियाका लागि  नेपाली राजदूत रूद्र कुमार नेपालले असनेपालसँगको कुराकानीमा घटना घटेको पुष्टि मात्रै भएको तर एकिन विवरण प्राप्त नभएको जानकारी दिए । ‘हामीले पनि नेपाली समूदाय मार्फतै थाहा पाएका हौँ, त्यहाँको स्थानीय प्रशासन र सरकारले यससम्बन्धमा बाँकी पुष्ट्याइ गरेर अफिसिएल जानकारी हामीलाई पनि दिएको छैन’ उनले भने ‘भोली सम्ममा थप थाहा होला ।’ उनका अनुसार त्यहाँको मेयरले एभेरष्ट मेयरोल सपोर्ट फण्ड मार्फत सहयोग संकलन गरिरहेको पनि उनले जानकारी दिए ।1438752436489

त्यस्तै एनआरएन न्यूजिल्याण्डका संयोजक तेज भट्टराई र सदस्यहरु गोकुल भण्डारी, घनश्याम सापकोटा, ध्रुब खनाल, बुद्दिसागर घिमिरे लगायतले पनि पीडित परिवारका लागि सहयोग संकलन अभियान थालेको बताएका छन् ।1438752436489 (1) त्यस्तै न्यूजिल्याण्डमा रहेका नेपाली समूदायहरूले पनि एक नेपाली दुःखमा पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्ने भन्दै अभियानमा सक्रिय देखिएका छन् ।

शव अलग अलग स्थानमा रहेकाले उनिहरू सुतिरहेको अवस्थामा भने नरहेको अनुमान  गरिएको छ । तर यस बारेमा थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

एभरेष्ट मेयरोल सपोर्ट फण्डको खाता नम्बर ANZ 01 0893-00816-3600 मा जो कसैले रकम जम्मा गर्न सकिने बताइएको छ ।

यस वारेको भिडियो सहितको सिड्नी मर्निङ हेराल्डको रिपोर्टिङ यस्तो छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु