सिड्नी मेट्रोले सञ्चालन गर्यो प्राज्ञिक लेखन सेमिनार

सिड्नी, अष्ट्रेलियाका नेपाली व्यवासायीहरुले भर्खरै सञ्चालनमा ल्याएको सिड्नी मेट्रो कलेजले प्राज्ञिक लेखनमा सेमिनार सञ्चालन गरेको छ ।शिव श्रेष्ठ , सो कलेजका सन्चालक मध्येका एक   असनेपालन्युजलाई बताउंछन् कि  हामी समुदाय र संचारकर्मि विच यस्तो कार्यक्रम अगाडि बढाइ रहेका छौ । यसको निरन्तरता रहने छ ।
11703052_10205329213450089_7828167061878586058_n

एकेडिमिक राइटिङ स्किल बढाउन र सोको कन्सेप्टका बारेमा सुसूचित गराउन सेमिनार आयोजना गरिएको कलेज सञ्चालकहरुले जानकारी दिएका छन् । सेमिनार अगष्ट २ आइतबार सञ्चालन गरिएको हो । १६ वेन्टवर्थ एभिन्यु सरी हिलमा रहेको कलेज भने आगामी अगष्ट १२ बाट मात्रै सञ्चालमा आउने छ । दुई साता अघि नेपाली अभिभावकहरुले संयुक्तरुपमा उद्घाटन गरेका थिए । कलेजका नयाँ विद्यार्थी, स्नातकोत्तर र विद्यावारिधी गर्दै गरेका विभिन्न विधाका १३ जना विद्यार्थीहरु सेमिनारमा सहभागी भएको बताइएको छ ।

11

सहभागीहरुलाई सिड्नी मेट्रो कलेजका डाईरेक्टर कम्प्लायन्स र स्ट्राटेजिक प्लानिक तथा विश्व विद्यालयका प्रोफेसर डा कृष्णकुमार श्रेष्ठ र कलेजका हेड अफ बोर्ड डाइरेक्टर डा. हेमन्त ओझाले संयुक्त रुपमा प्रशिक्षण दिएको ओझाले जानकारी दिए । प्रशिक्षार्थीहरुले सेमिनार निकै उपयुक्त भएको प्रतिक्रिया दिँदै कलेजले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु