ओलम्पिकको सुरक्षाका लागि ८५ हजार सुरक्षाकर्मी

रियो डे जेनेरियो, सन् २०१६ मा ब्राजिलको रियो डे जानेरियोमा हुने ओलम्पिक खेलमा सुरक्षाको सुनिश्चितताका लागि ८५ हजार सुरक्षाबल तैनाथ गरिने भएको छ ।

सो जानकारी ब्राजिल सरकारले बिहीबार दिएको प्राप्त समाचारमा जनाइएको छ । यो सङ्ख्या लण्डनमा भएको खेलमा खटाइएको सुरक्षाकर्मीको सङ्ख्या भन्दा दोब्बर भएको जनाइएको छ ।
यस सहरमा भएको यस अघि भएका ओलम्पिक खेलमा खटाइएको सुरक्षाकर्मीको सङ्ख्याको इतिहास हेर्दा यो नै सबैभन्दा ठूलो सङ्ख्या भएको जनाइएको छ ।

ब्राजिलको प्रतिरक्षा मन्त्रायलले सञ्चार सामाग्री र साइबर आक्रमण रोक्नको लागि १७ करोड १० लाख अमेरिकी डलर बराबराको खर्च गर्ने योजना रहेको जानकारी पनि ब्राजिल सरकारले दिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु