पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

paras shahसाउन १३ । काठमाडौँ, काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्व युवराज पारस शाह बुधबार डिस्चार्ज भएका छन ।  मुटुमा समस्या देखिएपछि शाह ४ दिनअघि अस्पताल भर्ना भएका थिए  ।

उनको छातीमा पेसमेकर राखिएको छ । अस्पतालवाट डिस्चार्ज भएपछि पारस आफैले गाडी चलाएर गएका थिए । पारसको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन ।

पारस अस्पताल भर्ना भएपछि उनकी पत्नी हिमानी, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु