अब अष्ट्रेलियाको पर्यटक भिसा एक घण्टामै

मेघराज श्रेष्ठ (सिड्नी बिजनेस हाउस)

हामी एक घण्टामै पर्यटक भिसा प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ । अष्ट्रेलिया आउन चाहने जो कसैले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । यो अष्ट्रेलियाको इतिहासमै सम्भवत छोटो प्रक्रिया हो । यस अघि पर्यटक भिसा प्राप्त गर्न कम्तिमा दुई दिन लाग्ने गर्दथ्यो । यसपटक आवश्यक कागज पुगेको एक घण्टामै भिसा उपलव्ध हुने भएको हो ।
यसमा ५ सय ५० डलल पर व्यक्ति खर्च लाग्छ । कोही आफन्त ल्याउन चाहेमा उनीहरूले थप तीन सय डलर चार्ज तिर्नुपर्दछ । त्यसवापत अष्ट्रेलियन हाइ कमिसनले एक सय ३० डल चार्ज लिने गर्दछ । यसमा विदेशबाट आवेदन दिनेहरूका लागि सजिलो छ । तर, नेपालमा मानिसहरू अनलाइनमा पोख्त नभइसकेको र बानि समेत नपरेकाले केही अप्ठ्यारो हुन सक्छ ।

भिसा आवेदनका लागि आवश्यक कागजातहरू
भिसा आवेदनका लागि पासपोर्ट, जन्म दर्ता, ट्रान्सलेटेड नागरिकता, फोटा, मेडिकल जाँच, स्वास्थ्य बीमा, अष्ट्रेलियाबाट आफनतले मगाएको कागज, स्पोन्सरको नाता खुल्ने नाताप्रमाणित, इन्कम सोर्स, स्वदेश फकर्ने ग्यारेनटी खुल्ने कागजात, सपोन्सरको भिसा स्ट्याटस खुल्ने कागजात, फ्यामिली ट्रि लगायतका कागजातहरू अत्यावश्यक हुने छ ।
त्यसका अलावा अष्ट्रेलियामा रहेका आफन्तहरूले एक जनाको लागि पाँच देखि सात लाख रूपैयाँ आफ्नो खातामा राखेर आफ्ना मानिसहरूलाई यहाँ बोलाउन सक्छन् । त्सस्तै यहाँको हाइकमिसनलाई यहाँ आएको मान्छे फर्कन्छ भन्ने कुराको ग्यारेन्टी प्रत्याभूत हुनुपर्दछ ।
बर्षिक सरदर २० हजार नेपालीहरू अष्ट्रेलियामा आउने गर्दछन् । पछिल्लो समय अष्ट्रेलिया आउने क्रम अझै बढिरहेको छ । यसले अष्ट्रेलियाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याईरहेको छ । पर्यटक भिसामा यहाँको हाइ कमिसनले त्यती कडाई पनि गरेको छैन ।

विद्यार्थी भिसामा कडाई
भूकम्प पछि अष्ट्रेलियन हाइ कमिसनले विद्यार्थी भिसामा केही कडाइ गरेको छ । विशेष गरी भूकम्प पछि नेपालका विद्यार्थीहरूको आर्थिक अवस्था खस्किएको भान उसलाई परेको छ । त्यसैले कडाइ गरिएको हुन सक्छ । त्यसकारण डकुमेन्ट बनाउँदा विचार पुर्याउन सकियो या आश्वस्त पार्न सकियो भने त्यसमा पनि सहज हुन सक्छ ।

अर्को, यहाँ पर्यटक भिसामा आइ पछि म सवैलाई नेपाल फर्कन र ट्रेन नविगार्न वा इलिगल बस्ने तर्फ नलाग्न अनुरोध गर्दछु । त्यसले खासै फाइदा गर्दैन । त्यसले अरू नेपालीहरूका लागि पनि बेफाइदा गर्ने र भिसामा थप कडाइ हुन सक्छ ।

11 total views, 4 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु