सदरमुकाममै छैन, सार्वजनिक शौचालय

1f2ed7d8801092e95d574e46d99326dcसाउन ९ । दैलेख जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका प्रेम दशौंदी सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा होटलमा खाजा खाएर शौच गर्न बाध्य भएको बताउँछन् ।

काम विशेषले सदरमुकाम आउँदा चिनेजानेको कोही नहुँदा र जताजतै बस्ती हुँदा शौचालयको निकै समस्या हुने गरिएको छ । दशौंदी एक उदाहरण मात्र छन्। उनीजस्तै काम विशेषले सदरमुकाम आउनेले सार्वजनिक शौचालय नहुँदा निकै दुःख पाउने गरेको उनको भनाइ छ ।
दैलेख जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भएको झन्डै १÷२ महिना हुँदा पनि सार्वजनिक शौचालय बनाउने अत्तो नभएका बेला काम विशेषले कुनै कार्यालयमा जाँदा पानीको अभावले शौचालयमा ताला लगाई दिँदा सेवाग्राहीलाई सास्ती हुने गरिएको छ ।

दैलेख सदरमुकाम दैलेखबजार सहरीकरण हुन थालेपछि बजार आसपास बाक्ला घर निर्माण भएकाले ठाउँठाउँमा सार्वजनिक शौचालय बनाउन नारायण नगरपालिकासँग सरोकारवाला निकायले ध्यान आकर्षणसमेत गरेका छन् ।

दैलेखका खुला दिसामुक्त भएका ३७ गाविसमा पायक पर्ने स्थानमा सार्वजनिक शौचालय बनाए पनि जनघनत्व बढी हुने सदरमुकाममै शौचालय नबनाउँदा गाउँबाट सदरमुकाम आएका नागरिक अचम्म पर्ने गरेका छन् ।

सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा शौच गर्न स्थानीय खुला मञ्च टुँडिखेल, गढी क्षेत्र र काँडाचौर छेउछाउमा जानुपर्ने बाध्यता छ । स्थानीयका अनुसार सबैभन्दा ठूलो समस्या महिलालाई छ । जिल्लालाई सन् २०१५ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गरे पनि पनि सार्वजनिक शौचालय भने सुस्त गतिमा भएको नारायण नगरपालिका–६ का प्रेम भुर्तेलले बताए ।

नगरपालिका घोषणा भएको १८ वर्ष पुग्दासमेत सार्वजनिक शौचालय निर्माण नहुनु दुःखद् पक्ष भन्दै उनले एकजुट भएर शौचालय बनाउनका लागि जग्गा खोज्नेदेखि समयमै निर्माण गर्न सबै लाग्नुपर्छ भने।

जग्गा खोज्ने कार्य अन्तिम चरणमा भएकाले यो वर्षभित्रै सदरमुकामकै पायक पर्ने स्थानमा सार्वजनिक शौचालय निर्माण कार्य थालिने नारायण नगरपालिकाका कार्यकारी अधिकृत गणेशवक्रम शाहले बताए ।

दैलेख जिल्लालाई धार्मिक र पर्यटकीय दुवै हिसाबले चिनाउन सबै कुरामा हामीले सहयोग गर्नुपर्ने स्थानीय विकास अधिकारी हरि प्याकुरेल बताउँछन् । सार्वजनिक शौचालय बनाउनुपर्ने नगरपालिकाको पहिलो दायित्व हुने नगरवासीको भनाइ छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु